बझाङमा ढुंगा खसेर महिलाको मृत्यु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

बझाङ, थलारा गाउँपालिका–३ देबलमाझमा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ। अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको सोमबार माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो।

जिल्ला वन डोटी

घर पोत्ने माटो खन्ने क्रममा भएको दुर्घटनाले उनको परिवारमा ठूलो क्षति पुगेको छ। मृतक राधिकाका दुई सन्तान, ४० दिनकी नवजात छोरी र ढाई वर्षको छोरा रहेका छन्। उनकी मृत्युपछि बालबालिकाको अवस्था निकै दयनीय बनेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

थलारा गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश भण्डारीले राधिकाको असामयिक निधनले परिवारलाई गहिरो चोट परेको बताए। उनले बालबालिकाको रेखदेख र सहयोगका लागि स्थानीय तह र सम्बन्धित निकायलाई पहल गर्न आह्वान गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.