
डोटी, सायल गाउँपालिका–४ सुन्नास्वाडामा रहेको एक खुद्रा पसलमा आइतबार दिउँसो आगलागी भएको छ। गणेश रनेनीले सञ्चालन गरेको विष्णु नारायण खुद्रा पसलमा करिब १ बजे आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिजुलीको स्विच सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। आगलागीका कारण पसलभित्र रहेका लत्ताकपडा, फर्निचर, खाद्यान्न सामग्री र किरानाका सामान जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार आगलागीबाट करिब ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दाले प्रयास गरेका थिए।
