
डोटीको बडीकेदार गाउँपालिका–२ पातलपुरानमा मंगलबार साँझ आगलागीको घटना भएको छ। स्थानीय सरिता घर्तिमगरको घरमा करिब ५:३० बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बच्चाले आगो ताप्ने क्रममा आगो खेल्दा घरमा आगलागी भएको हो। आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घर पूर्ण रूपमा जलेको छ।
घरभित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, फर्निचर लगायतका सामान नष्ट भएको र करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।



