
डोटीको बडीकेदार गाउँपालिका–५ काफली खोलामा जिप दुर्घटना भएको छ। से १ च ६३७ नम्बरको जिप रन्तोलाबाट धनगढी जाँदै गर्दा बसलाई साइड दिन खोज्दा दुर्घटना भएको हो।

जिपका चालक रमेश नेपालीका अनुसार गाडीमा तीन जना सवार थिए। दुर्घटनाका क्रममा गाडी मोडभन्दा केही तल खसे पनि सबै यात्रु सकुशल रहेका छन्।
गाडीको पछाडि तर्फ सामान लोड गरिएको हुँदा मानवीय क्षति नभए पनि सामग्रीमा केही क्षति पुगेको गाडी धनीले जनाएका छन्।



