
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन पूर्व मुख्यमन्त्री र निर्वतमान सभामुखसँग छलफल गरेका छन्।

मङ्गलबार धनगढीमा आयोजित बैठकमा प्रदेशसभा कसरी निरन्तर सञ्चालन गर्ने, सुदूरपश्चिमको विकास र समृद्धिका लागि के कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहले जानकारी दिए।
छलफलमा निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्ट र वर्तमान सभामुख भीमहादुर भण्डारीको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री शाहले यस्ता बैठकहरू नियमित रूपमा गरिने प्रतिबद्धता जनाउँदै सबै नेताहरूको अनुभव र सुझावलाई विकासको योजनामा समावेश गरिने बताए। छलफलले प्रदेशको विकास र समृद्धिमा सहकार्यको आधार तयार पार्ने विश्वास व्यक्त गरिएको छ।



