सुदूरपश्चिमको समृद्धिका लागि मुख्यमन्त्री शाहको छलफल, पूर्व नेताहरूसँग सहकार्यको प्रतिबद्धता

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन पूर्व मुख्यमन्त्री र निर्वतमान सभामुखसँग छलफल गरेका छन्।

जिल्ला वन डोटी

मङ्गलबार धनगढीमा आयोजित बैठकमा प्रदेशसभा कसरी निरन्तर सञ्चालन गर्ने, सुदूरपश्चिमको विकास र समृद्धिका लागि के कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहले जानकारी दिए।

पोषण खाजा सम्बन्धि सन्देश

छलफलमा निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्ट र वर्तमान सभामुख भीमहादुर भण्डारीको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री शाहले यस्ता बैठकहरू नियमित रूपमा गरिने प्रतिबद्धता जनाउँदै सबै नेताहरूको अनुभव र सुझावलाई विकासको योजनामा समावेश गरिने बताए। छलफलले प्रदेशको विकास र समृद्धिमा सहकार्यको आधार तयार पार्ने विश्वास व्यक्त गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.