अछाममा बाख्रा चराउन गएका दुई किशोरीको शंकास्पद मृत्यु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

अछाम -अछामको ढकारी गाउँपालिका–८, पल्सातामा बाख्रा चराउन गएका दुई किशोरी मृत फेला परेका छन्। जंगलमा १३ र १५ वर्षीया किशोरीहरूको शव क्षतविक्षत अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ।

जिल्ला वन डोटी

प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीका अनुसार घटनाबारे जानकारी आएपछि प्रहरी टोली शनिबार राति नै घटनास्थल पुगेको थियो। तर, राति भएकाले विस्तृत विवरण संकलन गर्न कठिनाइ भएको र अनुसन्धान जारी रहेको उनले बताए।

पोषण खाजा सम्बन्धि सन्देश

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आज बिहान अर्को टोली घटनास्थलतर्फ जान तयारी गरिएको छ। शवको अवस्था हेर्दा घटनाले शंकास्पद संकेत देखाएको प्रहरीले जनाएको छ।घटनाबारे थप विवरण आउन बाँकी छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.