
धनगढी: कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतिरहेकी ४५ वर्षीय सरस्वती बिटालु माथि आइतबार राति बाघले आक्रमण गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, घर नजिकैको छाउगोठमा सुतिरहेको अवस्थामा बाघले उनलाई आक्रमण गरेको हो।
बाघको आक्रमणबाट सरस्वतीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
यस घटनाले छाउगोठ प्रथाको जोखिमलाई पुनः उजागर गरेको छ। स्थानीय प्रशासनले यस्ता घटनाको न्यूनिकरणका लागि जनचेतना र आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।


