बोगटान फुड्सिलमा आँखा उपचार केन्द्र स्थापना

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी,-बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको चवराचौतारामा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोगमा यो केन्द्र स्थापना गरिएको हो।

जिल्ला वन डोटी

आँखा उपचार केन्द्रको सोमबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको थियो। गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले संविधानले व्यवस्था गरेअनुसार गाउँमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए। उनले भने, “यो केन्द्रले सामान्य आँखा समस्याका लागि बाहिर जानुपर्ने बाध्यता हटाउनेछ।”

पोषण खाजा सम्बन्धि सन्देश

च्यारिटी हेल्थ फाउन्डेसनका कार्यक्रम निर्देशक अनिल न्यौपानेले केन्द्रले दैनिक आँखा परीक्षण, चस्मा वितरण र औषधि सेवा प्रदान गर्ने जानकारी दिए। उनका अनुसार, मोतीबिन्दुका बिरामीको संख्या एक सय पुगेमा शिविर सञ्चालन गरिनेछ, र कम सङ्ख्या भएमा केन्द्रको सिफारिसमा निःशुल्क शल्यक्रिया गरिनेछ।

आँखा उपचार केन्द्रमा ३ जना कर्मचारी, जसमा एक कार्यालय सहयोगी पनि छन्, सेवामा खटिनेछन्। गाउँपालिकाका नागरिकले अब गाउँमै सहज र सुलभ उपचार सेवा पाउने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.