डडेल्धुरामा सुन्तला उत्पादनमा वृद्धि, कृषकको आम्दानी दोब्बर

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डडेल्धुरामा यस वर्ष सुन्तला उत्पादनमा उल्लेखनीय वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन्। गत वर्षको तुलनामा उत्पादन बढ्दा कृषकहरू उत्साहित भएका छन्। उत्पादित सुन्तला डडेल्धुरा, कैलाली, कञ्चनपुर, सिन्धुली हुँदै काठमाडौंसम्म निर्यात भएको छ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लामा यस वर्ष १६ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ, जुन अघिल्लो वर्षको १६ करोड २० लाख रुपैयाँ भन्दा बढी हो। गत वर्ष २७०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष २७५० मेट्रिक टन पुगेको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

वृद्धि हुन थालेको उत्पादनलाई मल उपलब्धता, सिँचाइ सुविधा, बोटहरूको उचित काँटछाँट तथा खेती क्षेत्र विस्तारलाई मुख्य कारण मानिएको छ। कृषि ज्ञान केन्द्र डडेल्धुराका वाग्बानी विकास अधिकृत गोबिन्द भट्टका अनुसार सुन्तला खेतीमा बगैँचा व्यवस्थापन सुधार, मलखाद व्यवस्थापन, सिँचाइ तथा pruning (काँटछाँट) लगायतका कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

जिल्लाका कृषकहरू सुन्तलाका बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन्। भागेश्वर गाउँपालिका-५ का किसान प्रकाश भट्टका अनुसार कलमी बोटको तुलनामा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएकाले कृषकहरू यसैमा आकर्षित भएका छन्। गन्यापधुरा गाउँपालिका-५ का किसान लक्ष्मिकान्त ओझाका अनुसार समयमै मलखाद र सूक्ष्मतत्व प्रयोग गर्दा उत्पादनमा उल्लेखनीय वृद्धि हुन्छ।

डडेल्धुराका बजारमा असोज महिनादेखि सुन्तला बिक्री सुरु भएर माघसम्म चल्छ। हाल सुन्तला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। अमरगढी, आलिताल, अजयमेरु, गन्यापधुराको रेल, भागेश्वरको रुपाल, चुल्ल, सिराड लगायतका क्षेत्र सुन्तला उत्पादनका लागि प्रख्यात छन्। जिल्लाभर ३१० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.