डोटीमा इभी भ्यान दुर्घटना, दुई जना घाइते

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा इभी भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्ला वन डोटी

सुदूरपश्चिम प्रदेश ०१-००१ ज १६६६ नम्बरको इभी भ्यान कैलालीको धनगढीबाट अछामको चौखुट्टेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोही दिशामा गइरहेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

धनगढी उपमहानगरपालिका–३, बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको उक्त भ्यानमा आठ जना सवार थिए। तीमध्ये दुई जना घाइते भएका छन् भने अन्य छ जना सकुशल रहेका छन्।

घाइतेहरूमा एक अन्दाजी २२ वर्षीया महिला (पहिचान खुल्न बाँकी) र डोटीको शिखर नगरपालिका–८, तिलतालीका चक्र बलायर रहेका छन्। दुवै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.