
मेसिनद्वारा बिरामीको राेकिएकाे मुटु पुन सुचारु गर्न सकिने इमर्जेन्सी defibrillation मेसिन शैलेश्वरी अस्पताल दिपायलले भित्र्याएको छ। अस्पतालका संचालक आइ जंग कुवरका अनुसार अब हिर्दयघात तथा अन्य कुनै कारणले मुटु एक्कसी बन्द भएमा इमर्जेन्सी defibrillation मेसिनद्वारा सुचारू गर्न सकिने र बिरामीको अकालमै हुन सक्ने मृत्युुबाट बचाउन सकिने बताए ।

पहाडी जिल्लामा हिर्दयघात सम्बन्धि सामान्य उपचार तथा परामर्श नपाउँदा कतिपय युवाले अकालमै ज्यान गुमाउनु परेको छ।हिर्दयधात भएर मृत्युुसंग जुधिरहेका बिरामीहरुका लागि उक्त मेशिन बरदान सावित हुने शैलेश्वरि अस्पतालका डाक्टर निर्माण न्याैपाने बताए ।डाेटिमा मुटुको उपचार गर्ने यस प्रकारको आधुनिक मेशिन पहिलोपटक ल्याउन सफल भएको अस्पताल परिवारले जनाएको छ।

उपचारका लागि आधुनिक मेशिन आफ्नै नजिकको अस्पतालमा भित्रिएपछि दिपायलका स्थानीय व्यापारी भक्त साहुले खुशी व्यक्त गरे ।स्विजरल्याण्डमा बनेको उक्त उपकरण ९ लाख ५० मा खरिदगरिएको थियो । मेशिन काठमाडौं हुदै शैलेेश्वरि अस्पताल डोटीमा ल्याएको हो ।
पछिल्लो समय शैलेश्वरि अस्पताल नयाँ नयाँ उपकरण र प्राविधि भित्र्याउन लागि परेको छ।नयाँ व्यवस्थापन सहित अस्पताल असहाय,निमुखा,गरिबीको रेखामुनि रहेका डाेटेलि जनता,एकल महिला तथा जेष्ठ नागरिक हरुलाई बिशेष सहुलियत सहित उपचार गरिरहेको अस्पतालका संचालक कुवर बताउछन। बि स २०६८ सालमा शैलेश्वरि अस्पताल डाक्टर सृजना गाैतमद्वारा उद्वघाटन भई हाल अनबरत सेवामा जुटेको छ।



