धनगढीमा दुई युवाको शव फेला

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

धनगढी – धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव फेला परेको छ। मृतकहरू धनगढी उपमहानगरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका ३२ वर्षका कैदा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला वन डोटी

प्रहरीका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको छ भने रानाको शव करिब १५ मिटर पर भुइँमा फेला परेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उनले शवको मुचुल्का उठाइसकेको र पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.