हिम पहिरोमा परी मरेका र घाइते भेडाहरूको नेपाल प्रहरीद्वारा खोजी उद्धार

पुन्ना तालिम केन्द्र

बझाङ । बझाङको साईपाल गाउँपालिका–४ स्थित बरम डाँडामा हिम पहिरोमा परी मरेका र घाइते भेडाहरूको नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोज तथा उद्धार भएको छ।

जिल्ला वन डोटी

यही फागुन १७ गते दिउँसो करिब १:३० बजे साईपाल गाउँपालिका–४ निवासी ५० वर्षीय जयपाल रोकायाले भेडा चराउने क्रममा अकस्मात् हिम पहिरो जाँदा १२५ मध्ये ४५ वटा भेडा च्यापिएर बेपत्ता भएका थिए। रोकायाले फागुन १८ गते साँझ ४:३० बजे उक्त घटनाको जानकारी इलाका प्रहरी कार्यालय धुली, बझाङलाई गराएका थिए।

जानकारी प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय धुलीबाट प्रहरी निरीक्षक गणेश बुढाको नेतृत्वमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा भएको खोज उद्धारमा ४५ मध्ये १९ वटा भेडा पुरिएको अवस्थामा मृत फेला परेको छ भने ३ वटा भेडा घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.