जोरायल गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी । जोरायल गाउँपालिका डोटीको आयोजनामा तथा च्यारिटी हेल्थ फाउण्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा जोरायल गाउँपालिकाका सम्पुर्ण वडाहरुमा निःशुल्क आँखा जाँच तथा उपचार (स्क्रिनिङ) शिविर सञ्चालन हुने भएको छ। यहीँ चैत ४ गतेदेखि ९ गतेसम्म जोरायल गाउँपालिकाका विभिन्न स्थानमा आँखा जाँच तथा उपचार शिविर सञ्चालन हुनेछ । त्यस्तै चैत १० र ११ गते जोरायल गाउँपालिका-३, रावतकट्टेमा, वडा शिविरबाट छनोट भएका मोतीबिन्दु, जलबिन्दु र आँखामा मासु पलाएका बिरामीहरूको लागि निःशुल्क शल्यक्रिया सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

जिल्ला वन डोटी

शिविर अन्तर्गत वडा नं. १ मा रहेको गैरा सामुदायिक स्वास्थ्य इकाई, पोखरीडाँडा मा चैत ४ गते आँखा जाँच तथा उपचार सेवा प्रदान गरिनेछ। त्यसैगरी, वडा नं. २ मा रहेको छतिवन स्वास्थ्य चौकी, बुडर मा चैत ५ गते , वडा नं. ३ मा रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र, चनकट्टे मा चैत ६ गते सेवा उपलब्ध हुनेछ।

पोषण खाजा सम्बन्धि सन्देश

यसैगरी वडा नं. ४ मा रहेको लक्ष्मीनगर स्वास्थ्य चौकी, कुँडीकोट मा चैत ७ गते, वडा नं. ५ मा रहेको गडसेरा स्वास्थ्य चौकी, खहडा मा चैत ८ गते र वडा नं. ६ मा रहेको निरौली स्वास्थ्य चौकी, खसरे मा चैत ९ गते आँखा जाँच तथा उपचार सेवा प्रदान गरिनेछ।

यस निःशुल्क शिविरबाट आँखासम्बन्धी समस्या भएका बिरामीहरूले आफ्नो आँखा परीक्षण गराई आवश्यक उपचारको लाभ लिन सक्ने जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द बिष्टले जानकारी दिए । उनले समयमै शिविरमा सम्पर्क गरी सेवा लिन आँखाका समस्या भएका सम्पुर्ण बिरामीलाई अनुरोध गरेका छन ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.