नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटी अध्यक्षमा खगेन्द्र बम निर्विरोध निर्वाचित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी – नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटीको अध्यक्षमा खगेन्द्र बम निर्विरोध निर्वाचित भएका छन्। पालिकाको दोस्रो अधिवेशनबाट बमको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

अधिवेशनबाट उपाध्यक्षमा पदम सिंह बोहरा, सचिवमा योगेन्द्र सापकोटा, उपसचिवमा लोकेन्द्र साउद र गौरा घर्तिमगर निर्विरोध चयन भएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

वडा नम्बर १ बाट शेर बहादुर बोहरा, भैरव बोहरा, धन बहादुर बोहरा, तारा देवी नेपाली, हर्क बहादुर पातली र उजन्ने बोहरा चयन भएका छन्। वडा नम्बर २ बाट दीपा सार्की, मीना नामजाली, जयन्त कामी, प्रकाश तारामी, चक्र बिठारी र वीर बहादुर मौनी चयन भएका छन्। वडा नम्बर ३ बाट भुवन मगर, टेक बहादुर पुन, रम्भी देवी सिजाली, सरस्वती सार्की, दान बहादुर थापा र टेक बहादुर लामा चयन भएका छन्।

त्यस्तै, वडा नम्बर ४ बाट हर्क बहादुर ताडी, हिरा देवी ताडी, मन्धरी देवी भुल, शेर बहादुर रिसडा, ललित कुमार रोका मगर र धन बहादुर केसी चयन भएका छन्। वडा नम्बर ५ बाट गङ्गाराम भुल, लाल बहादुर मल्ल, टेक बहादुर बोहरा, विमला थापा (बोहरा), कलु देवी विक र डम्मरी बम मल्ल चयन भएका छन्।

नयाँ नेतृत्व चयनसँगै नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटीले संगठनलाई थप सुदृढ गर्दै स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.