
डोटी- जोरायल गाउँपालिकाको आयोजना, धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहकार्यमा सञ्चालित वडा स्तरीय आँखा शिविर शनिबार सम्पन्न भएको छ। शिविर अन्तर्गत विभिन्न वडाहरूमा निःशुल्क आँखा जाँच गरिनुका साथै आवश्यक बिरामीहरूको अप्रेसनको व्यवस्था गरिएको जोरायल गाउँपालिकाले जनाएको छ ।।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार शिविरमा जम्मा १हजार ६ सय ३६ जनाले सेवा लिएका छन्। तीमध्ये १ सय४८ जनालाई अप्रेसनका लागि छनोट गरिएको छ, जसमा ६८ पुरुष र ८० महिला छन्। साथै, १सय४७ जनाको निशुल्क प्रयोगशाला परीक्षण गरिएको छ भने २सय२५ जनालाई चस्मा वितरण गरिएको छ।

शिविर अन्तर्गत जोरायल गाउँपालिका–१ गैरा सामुदायिक स्वास्थ्य इकाई, वडा नं. २ छतिवन स्वास्थ्य चौकी, वडा नं. ३ सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे, वडा नं. ४ लक्ष्मीनगर स्वास्थ्य चौकी, वडा नं. ५ गडसेरा स्वास्थ्य चौकी र वडा नं. ६ निरौली स्वास्थ्य चौकीमा सेवा प्रदान गरिएको थियो। वडा नं. १ मा ३सय१८, वडा नं. २ मा २सय१७, वडा नं. ३ मा २सय७५, वडा नं. ४ मा ३सय३७, वडा नं. ५ मा १सय८७ र वडा नं. ६ मा ३सय२ जनाले आँखा जाँच गराएका थिए। तीमध्ये वडा नं. १ बाट २०, वडा नं. २ बाट ३०, वडा नं. ३ बाट ३०, वडा नं. ४ बाट ३४, वडा नं. ५ बाट ११ र वडा नं. ६ बाट २३ जनालाई अप्रेसनका लागि छनोट गरिएको थियो।
यस शिविरमा १सय ४७ जनाको निशुल्क प्रयोगशाला परीक्षण गरिएको थियो। वडा नं. १ बाट २०, वडा नं. २ बाट ३०, वडा नं. ३ बाट २९, वडा नं. ४ बाट ३४, वडा नं. ५ बाट ११ र वडा नं. ६ बाट २३ जनाले यो सेवा प्राप्त गरेका थिए। यस्तै, २२५ जनालाई चस्मा वितरण गरिएको छ, जसमा वडा नं. १ बाट ४८, वडा नं. २ बाट ३१, वडा नं. ३ बाट ४०, वडा नं. ४ बाट ३७, वडा नं. ५ बाट १९ र वडा नं. ६ बाट ५० जनाले चस्मा प्राप्त गरेका छन्।
शिविर चैत ४ गतेदेखि ९ गतेसम्म जोरायल गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको थियो। अप्रेसनका लागि छनोट गरिएका बिरामीहरूको शल्यक्रिया चैत १० र ११ गते जोरायल गाउँपालिका–३ रावतकट्टेमा गरिने जोरायल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।



