जोरायल-६ निरौलिमा निःशुल्क आँखा शिविर सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, – जोरायल गाउँपालिका वडा नं. ६, निरौली स्वास्थ्य चौकीमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा च्यरिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रा.लिको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३सय२ जनाले आँखा जाँच सेवा प्राप्त गरेका छन्।

जिल्ला वन डोटी

शिविरमा २३ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ, जसमा ८ जना पुरुष र १५ जना महिला रहेका छन्। साथै, २३ जनाको निःशुल्क प्रयोगशाला परीक्षण गरिएको छ भने ५० जनालाई चस्मा वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख रामचन्द्र चौधरीले जानकारी दिए।

शिविरको उद्घाटन समारोहमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, वडा नं. ६ का वडा अध्यक्ष गणेश बोहरा लगायत अन्य जनप्रतिनिधिहरू सेवाग्राही , स्वास्थ्यकर्मी लगाएतको उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवासँग सीमित पहुँच भएका स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले दर्जनौं बिरामीलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको जनाइएको छ। स्थानीयवासीहरूले निःशुल्क सेवा प्रदान गर्ने गाउँपालिका र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.