
कैलाली – खप्तड बहुमुखी क्याम्पस, मसुरिया, कैलालीमा स्वतन्त्र विद्यार्थी युनियनको समानुपातिक निर्वाचन सम्पन्न भएको छ।

आज उप-सभापति र सहायक सचिव पदका लागि निर्वाचन भएको थियो। १५ मतदाता संख्या रहेको यस निर्वाचनमा नेविसंघबाट चन्द्रा बम र अखिल क्रान्तिकारीबाट रन्जित चौधरी उम्मेदवार रहेका थिए। मतपरिणामअनुसार उप-सभापति पदमा नेविसंघकी उम्मेदवार चन्द्रा बमले ८ मत प्राप्त गरेर विजयी भएकी छन् भने अखिल क्रान्तिकारीका उम्मेदवार रन्जित चौधरीले ७ मत प्राप्त गरेका छन्।

त्यसैगरी, सहायक सचिव पदका लागि अखिल क्रान्तिकारीबाट आकृति चौधरी र अनेरास्ववियुबाट गीता धामी प्रतिस्पर्धामा रहेका थिए। मतपरिणामअनुसार अनेरास्ववियुकी गीता धामीले ८ मत प्राप्त गरेर विजयी भएकी छन् भने आकृति चौधरी ७ मत प्राप्त गरेर पराजित भएका छन्।
नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिका सचिव हेमन्त बाजेले चुनाव परिणामबारे जानकारी दिएका छन्। यसअघि, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन चैत्र ५ गते सम्पन्न भएको थियो।



