

आज बुधबार दिउँसो डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ मछेन्तोला निवासी उमा साउदकी १४ वर्षिया छोरी रुपा साउदको भिरबाट लडेर मृत्यु भएको हो ।
आज दिउँसो गाउँ नजिकैको घोडचिन्ने भन्ने ठाउँमा घाँस काट्ने क्रममा लडेर उनको मृत्यु भएको दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनी कक्षा ६ मा अध्ययनरत थिइन् ।


