डोटीमा लोड मिनी ट्रक पल्टिँदा एकको मृत्यु, एक घाइते

पुन्ना तालिम केन्द्र

डोटी — डोटीको बडिकेदार गाउँपालिकामा काठ बोक्ने लोड मिनी ट्रक (शक्तिमान) पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला वन डोटी

बडिकेदार गाउँपालिका–३ स्थित जनजागरण सामुदायिक बन अन्तर्गत देउथानको रातो ढुङ्गा भन्ने स्थानमा आइतबार दिउँसो १२:३० बजे काठ संकलन गर्ने क्रममा दुर्घटना भएको हो। बडिकेदार गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय गोपाल बडैलाले चलाएको बा प्र ०३००१ ख २५३ ङ नम्बरको शक्तिमान गाडी अनियन्त्रित भई सडकबाट पल्टिएको थियो।

दुर्घटनामा बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिनुभयो।

त्यस्तै, सोही दुर्घटनामा परी देवलका ३० वर्षीय लोकबहादुर पल्ली मगर घाइते भएका छन्। घाइते पल्लीमगरलाई उपचारका लागि नजिकैको स्थानीय स्वास्थ्य चौकी, मुलेचौर लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।दुर्घटनापछि चालक फरार रहेका कारण उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.