श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी – डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल अत्यधिक मतसहित विजयी भएको छ।

जिल्ला वन डोटी

अध्यक्षमा सुरत बोहराले ६९ मत प्राप्त गर्दै निर्वाचित भए। सचिवमा दीपक साउदले ६५ र कोषाध्यक्षमा कलावती बोहराले ६६ मत प्राप्त गर्दै विजयी भए। सदस्य पदतर्फ शर्मिला बि.क.ले ६६, रेखा शाहुले ६५, धना कुमारी कामीले ६४ र कविता मगरले ६२ मत ल्याएर निर्वाचन जितेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का तर्फबाट अध्यक्ष पदका उम्मेदवार मोहन सिंह पालीले ३४, सचिव कर्णदेव बोहराले ३८, र कोषाध्यक्ष लक्ष्मी मडैले ३३ मत प्राप्त गरे। सदस्य पदमा गीता कुमारी मल्लले ३४, दीक्षा नाम्जाली मगरले ३६, सीता कुमारी अवस्थीले ३४ र रुपक बोहराले ३६ मत प्राप्त गरे।

क्याम्पसमा कुल ११४ मतदाता रहेकामा १०३ मत खसेको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए। समानुपातिकतर्फ अनेरास्ववियुले ६७ र नेविसंघले ३६ मत प्राप्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.