करिब २५ लाखको लगानीमा बनेको ‘Dipayal Fitness Center’ संचालनमा

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी – दिपायल सिलगढी नगरपालिका–५ पिपल्लामा नयाँ ‘Dipayal Fitness Center’ को आइतबार  उद्घाटन गरिएको छ। उद्घाटन समारोहको प्रमुख अतिथि नगरप्रमुख विजय खड्का रहेका थिए।

उक्त जिम सेन्टर दुई युवा उद्यमी नवराज भट्ट र सुमन बलायरको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको हो। करिब २५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको जिम केन्द्र आधुनिक उपकरणले सुसज्जित रहेको जानकारी दिँदै प्रोपाइटर नवराज भट्टले भने, “स्थानीय युवालाई स्वास्थ्य र शारीरिक तन्दुरुस्तीका लागि सहयोग पुगोस भन्ने सोचका साथ हामीले यो सुरु गरेका हौं।”

पोषण खाजा सम्बन्धि सन्देश

अर्का प्रोपाइटर सुमन बलायरका अनुसार दिपायलमा जिमको खाँचो रहेको महसुसपछि आधुनिक सुविधासहितको फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको हो।

जिल्ला वन डोटी

कार्यक्रममा नगरप्रमुख विजय खड्काले युवा उद्यमशीलताको प्रशंसा गर्दै भने, “नगरपालिकाले यस्तो सकारात्मक पहललाई सधैं स्वागत गर्दछ। युवाहरूको यस्ता प्रयासले समाजमा नयाँ प्रेरणा दिन्छ।”

जिम सेन्टर उद्घाटन कार्यक्रममा शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायर, उपप्रमुख सुनिता रावल, आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकाया, सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओली तथा पिपल्ला क्षेत्रका व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

डोटी उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रम साउदले शहरीकरण र व्यस्त जीवनशैलीका कारण शारीरिक स्वास्थ्यको चासो बढिरहेको बेला जिम सेन्टरको स्थापना खुशीको विषय भएको बताए।

पिपल्लामा यसअघि सञ्चालनमा रहेको पाठक जिम सेन्टर बन्द भएपछि यो नयाँ जिमले त्यसको स्थान लिएको छ। जिममा आज र भोलि दुई दिन निःशुल्क भर्ना खुला गरिएको छ भने त्यसपछि न्यूनतम शुल्क तोकी नियमित सेवा सुरु गरिने सञ्चालकहरूले जानकारी दिएका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.