डोटीको जोरायल गाउँपालिका ६ कफल्तडि देखि बगिडा अनरकट्टे हुदै बडिकेदार १ पातल गाउँमा निर्माण ११ kv बिधुत प्रसारण लाइन चार्जको क्रममा एकजना करेन्ट लागेर घाइते भएका छन ।
बडिकेदार गाउँपलिका १ पातल गाउँमा २५ kv ट्रान्सर्फमर चार्जको लागि डोटी वितरण केन्द्र दिपायल को सुचना अनुसार बुधबार लाइन चार्ज गर्नेक्रममा बिपिनगर सब स्टेसनमा कार्यरत कर्मचारी राजेश भाट करेन्ट लागेर घाइते भएका हुन । बिधुत लाइन सुधार तथा चेक जाँच गर्ने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते भएका उनको अहिले मायामेट्रो अस्पताल धनगढिमा उपचार भैरहेको र उनको अबस्था सामान्य रहेको जोरायल गाउँपालिका ६ का वडाअध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिए।