सायलमा वाइसीएलको सम्मेलन, नयाँ समिति चयन

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

डोटी — वाइसीएल नेपाल सायल गाउँपालिका संगठनको तेस्रो सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले कर्ण डुम्रेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरेको छ।

वाइसिएल डोटी जिल्ला अध्यक्ष विशाल बरालको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका प्रमुख अतिथि वाइसिएल नेपालका केन्द्रीय सदस्य तथा डोटी जिल्ला इन्चार्ज प्रकाश जैशी थिए। विशिष्ट अतिथिका रूपमा माओवादी केन्द्र सायल संगठन समिति सचिव तेज पाण्डे र कोषाध्यक्ष कैलाश गिरीको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा अखिल (क्रान्तिकारी) डोटीका अध्यक्ष पूर्ण बोहरा, उपाध्यक्ष इन्द्र डुम्रेल, कोषाध्यक्ष दुर्गा धामी, अजित सिंह, पूर्व गाउँ समिति सदस्यहरू, वडा समिति सदस्यहरू लगायतको सहभागिता रहेको थियो।

प्रमुख अतिथि प्रकाश जैशीले पछिल्लो समय माओवादी केन्द्रप्रति जनलहर तीव्र रूपमा बढिरहेको बताउँदै भ्रष्टाचारमा संलग्नहरूलाई पत्तासाफ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन वाइसिएल डोटीका जिल्ला सचिव रामसिंह विकले गर्नुभएको थियो।हाल वाइसिएल डोटीले स्थानीय तहसम्म पुगेर संगठन विस्तारको अभियानलाई सशक्त रूपमा अगाडि बढाइरहेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.