पूर्वप्रधानमन्त्री प्रचण्ड जेठ २ गते दिपायल आउँदै

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी, जेठ १ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ २ गते डोटीको दिपायल आउने भएका छन्।

जिल्ला वन डोटी

नेकपा (माओवादी केन्द्र) ले यही जेठ १ गतेदेखि सुरु गरेको मध्य पहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टी पदाधिकारीसहित ५१ जना केन्द्रीय नेताहरू जेठ २ गते साँझ दिपायल आउने जानकारी अभियानका संयोजक कमल गडशिलाले दिनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रम अन्तर्गत जेठ ३ गते बिहान अध्यक्ष दाहालले राजपुरमा सहिद परिवारका सदस्य, समाजका अगुवा तथा बौद्धिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछिको कार्यक्रम बिहान ९:३० बजे पिपल्ला स्थित बसपार्कमा आयोजना हुने जनसंवाद कार्यक्रम रहेको छ, जसमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुनेछ।

नेकपा (माओवादी केन्द्र) डोटीका सचिव डबल बहादुर सिंहका अनुसार कार्यक्रम सफल बनाउन जिल्ला भरीका नेता तथा कार्यकर्ताहरू पूर्ण रूपमा तयारीमा जुटेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.