जोरायलमा क्षयरोग पहिचान शिविर सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, जेठ २ – क्षयरोगको प्रारम्भिक पहिचान, परीक्षण र नियन्त्रणका लागि जोरायल गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। डिजिटल एक्सरे प्रविधिमा आधारित एआई (Artificial Intelligence) प्रणालीमार्फत गरिएको खोजपड्ताल शिविर वडा नं. १ गैरा स्वास्थ्य इकाईमा जेठ १ गते र वडा नं. २ छतिवन स्वास्थ्य चौकीमा जेठ २ गते सञ्चालन भएको हो।

स्वास्थ्य निर्देशनालय डोटी, स्वास्थ्य कार्यालय डोटी र जोरायल गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा गेटा अस्पतालका डा. रेश्मा बुढा र डडेल्धुरा अस्पतालका रेडियोग्राफर लंकाराज संज्यालले प्राविधिक सहयोग गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

शिविरमा वडा नं. १ गैरा स्वास्थ्य इकाईमा ७८ पुरुष र १सय१३ महिला गरी १सय९१ जनाले सेवा लिएका थिए। तीमध्ये १४ जनाको छातीमा क्षयरोगको आशंका देखिएको र थप परीक्षणका लागि नमुना प्रदेश प्रयोगशालामा पठाइएको जोरायल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार वडा नं. २ छतिवन स्वास्थ्य चौकीमा ६१ पुरुष र १सय९ महिला गरी १सय७० जनाले सेवा लिएका थिए। तीमध्ये ४ जनामा क्षयरोगको लक्षण देखिएको र अन्यको नमुना परीक्षणका लागि पठाइएको छ।

जोरायल गाउँपालिका क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक निशा खड्काले भनिन्, “यस शिविरले हाम्रो समुदायमा क्षयरोग पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ। जोखिममा रहेका व्यक्तिहरूलाई समयमै परीक्षण र उपचार गराउनु आवश्यक छ। यस्तो स्वास्थ्य सेवामा समुदायको सक्रिय सहभागिता नै क्षयरोग अन्त्यको प्रमुख आधार हो।”

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.