महिनावारीमा सरसफाइ : जोरायलमा जनचेतना कार्यक्रम

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी – महिनावारीका समयमा स्वच्छता र सुरक्षित अभ्यासलाई प्रोत्साहन गर्न जोरायल गाउँपालिकामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन्। अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस (May 28) को अवसरमा गाउँपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाहरूको आयोजनामा ६ वटै वडाका एक–एक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो।

जिल्ला वन डोटी

कार्यक्रम अन्तर्गत छात्रा तथा किशोरीहरूलाई महिनावारी व्यवस्थापन, सरसफाइका उपायहरू, छाउपडी कुप्रथाको नकारात्मक प्रभाव र सुरक्षित अभ्यासबारे जानकारी प्रदान गरियो। महिनावारीको विषयमा खुला छलफल र सहभागितामूलक गतिविधिहरू गरिँदै हाजिरी–जवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको थियो।

विद्यालयस्तरीय हाजिरी–जवाफ कार्यक्रममार्फत छात्राहरूको सरोकारका विषयमा सचेतना बढाउनुका साथै आत्मविश्वास अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकहरूले बताएका छन्।

स्वास्थ्य संस्थाका प्रतिनिधिहरूका अनुसार महिनावारी स्वच्छता र छाउपडीजस्ता कुप्रथाको अन्त्यका लागि विद्यालयस्तरीय कार्यक्रम प्रभावकारी माध्यम बनेका छन्। किशोरीमैत्री शिक्षा र व्यवहारमा परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने पालिकाले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.