Cdo doti

अर्थ मन्त्रालयमा पठाइयो जुनियर प्रहरीलाई १६ बर्षमा पेन्सन दिनुपर्ने प्रस्ताव

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman
Gaupalilka sandesh shubhakamana

प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । गृह मन्त्रालयले निर्माणाधीन नयाँ प्रहरी ऐनको मस्यौदामा सो व्यवस्था राख्नुपर्ने प्रस्ताव अर्थको राय लिन पठाएको गृह मन्त्रालयका स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार जवान र हवलदारलाई १६ वर्षमा र जुनियर अधिकृतलाई १८ वर्षमा पेन्सन दिन ऐनमा व्यवस्था गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव छ । इन्स्पेक्टर र सोभन्दा माथिका सिनियर अधिकृतहरूलाई २० वर्षमा पेन्सन दिनुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रहरी ऐनको मस्यौदामा काम गरिरहेका एक जना अधिकृतका अनुसार २०७५ भन्दा अगाडी भर्ना भएका प्रहरी जवान १६ वर्ष सेवा गरेपछि पेन्सन लिन योग्य मानिन्छन् । तर, उनीहरूले सेवा अवधि बिस वर्ष पुरा भएपछि मात्र पेन्सन खान पाउँछन् । यसअघि पनि अर्थ मन्त्रालयमा सो प्रस्ताव पठाउने र फिर्ता हुने हुँदै आएको छ ।

२०७५ भन्दा पछि सरकारी जागिरमा प्रवेश गर्नेहरूले योगदानमा आधारित निवृत्तिभरण पाउँछन् । गृह मन्त्रालयले प्रहरी र सशस्त्रको नयाँ ऐनबारे मस्यौदा बनाइरहेको छ ।
प्रशासन डट कम बाट साभार

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.