खोकी र टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि…

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

खाँडाचक्र नगरपालिका–३ ताडीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा आउने खोकी र टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएर घर पठाउने गरेको पाइएको छ।

कार्यालय सहयोगी कृष्ण पाण्डेले स्थानीय जुना पाण्डे र वीरेन्द्र आचार्यलाई खोकीको औषधि भन्दै आइरन चक्की दिएर घर पठाएका हुन् ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख बिर्खबहादुर शाही तालिमका लागि गत जेष्ठ ९ गते देखि कार्यालयमा छैनन्, यस्तै अनमी बरकन्या खत्री (बिष्ट) पनि उपचार गर्नका लागि भन्दै जेष्ठ १४ गते देखि कार्यालयमा नआएपछि आधारभूत स्वास्थ्य केन्द्र कार्यालय सहयोगिको भरमा चलेको छ।

खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर विष्टका अनुसार कार्यालयमा करारका कर्मचारी राखेको र उनीहरु बाहिर गएको समयमा कार्यालय सहयोगीले थाहा नपाएर बिरामीलाई आइरन चक्की दिएको बताए ।

नगरपालिकाका अन्य आधारभूत स्वास्थ्य केन्द्रको समेत हालत यस्तै रहेको स्थानीयको भनाइ छ। बिरामीलाई आइरन चक्की दिएको विषय उठेपछि खाँडाचक्र नगरपालिका —३ का स्थानीयहरूले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन्।

पावर र पहुँच देखाउँदै वडाका बिरामीलाई थर्काउने धम्काउने जस्ता क्रियाकलाप कर्मचारीबाट भएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको स्थानीय खगेन्द्र प्रसाद पाण्डेले बताए ।-nagariknews.com

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.