दिपायल सिलगढी नगरपालिका–५ दोस्रो पूर्ण खोप वडा घोषित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी- “पूर्ण खोप, सुनिश्चित भविष्य” मूल नारासहित दिपायल सिलगढी नगरपालिका वडा नं. ५ लाई दोस्रो पूर्ण खोप तथा सुनिश्चितता दियोपना वडा घोषणा गरिएको छ।

बुधबार सम्पन्न एक विशेष समारोहका बीच सो घोषणा गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्का रहनुभएको थियो भने वडा अध्यक्ष गणेश बहादुर भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

वडा स्वास्थ्य इकाइ इञ्चार्ज प्रसान्त पाण्डेका अनुसार वडा नं. ५ ले  पूर्ण खोपको मापदण्ड पुरा गर्दै दियोपना वडा बन्न सफल भएको हो।

कार्यक्रममा खोप अभियानमा सक्रिय रूपमा संलग्न स्वयंसेविकाहरूलाई सम्मान पनि गरिएको थियो। उनीहरूको निरन्तर प्रयास, समुदायको सहयोग र स्वास्थ्यकर्मीको सक्रियताले यो उपलब्धि सम्भव भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो।

यो घोषणा वडा नं. ५ का सबै बासिन्दाको स्वास्थ्यप्रति उत्तरदायित्व र सचेत सहभागिता को प्रमाण भएको बताइएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.