जोरायल गाउँपालिका–२ र ४ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी – लक्ष्मीनगर स्वास्थ्य चौकीको आयोजनामा जोरायल गाउँपालिका–४ र छतिवन स्वास्थ्य चौकीको आयोजनामा जोरायल गाउँपालिका–२ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम अन्तर्गत औपचारिक रूपमा पूर्णखोप वडा घोषणा गरिएको छ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा उमेर अनुसार सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको तथ्याङ्कको आधारमा स्वास्थ्य संस्थाहरूको समन्वयमा दिगोपनासमेत सुनिश्चित गरिएको जनाइएको छ। कार्यक्रममा खोप सेवा पहुँच, नियमितता, तथा दीगो स्वास्थ्य सुरक्षाबारे जानकारी प्रदान गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गरिएको थियो।

जिल्ला वन डोटी

घोषणा कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, अभिभावक र विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान तथा प्रशंसा गरिएको थियो।

पूर्णखोप सुनिश्चितता अभियानमा विशेष योगदान पुर्‍याउनु हुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूलाई सम्मानपत्र र प्रशंसापत्र प्रदान गरियो। सम्मानित व्यक्तिहरूले आफ्नो अनुभव बाँड्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा दिन प्रतिवद्धता जनाए।

जोरायल गाउँपालिकाको तर्फबाट कार्यक्रम सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरू तथा संस्थाहरूलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.