जोरायल गाउँपालिका–१ पूर्ण खोपयुक्त वडा घोषणा

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, जोरायल – जोरायल गाउँपालिका–१ लाई शनिबार औपचारिक रूपमा पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ। वडामा सञ्चालित खोप कार्यक्रम प्रभावकारी र सफल रहेको पुष्टि भएपछि यो उपलब्धिमा वडा पुग्न सफल भएको हो।

जिल्ला वन डोटी

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को माघ र फागुन महिनामा वडाभित्रका सबै टोल तथा बस्तीहरूमा घरधुरी सर्वेक्षण गरिएको थियो। सर्वेक्षणका क्रममा १५ महिनामुनिका ७२ जना बालबालिका नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिनासम्मका २०० जना बालबालिकाले सबै आवश्यक खोप प्राप्त गरिसकेको पाइएको छ। साथै, खोपबाट वञ्चित एकजना पनि बालबालिका नदेखिएको पुष्टि भएपछि वडा पूर्ण खोपयुक्त घोषणा गरिएको हो।

गाउँपालिकाले नियमित सघन खोप कार्यक्रम (RCM) अन्तर्गत वडाको अनुगमन गर्दै, खोप लक्षित समग्र जनसंख्यामा पहुँच पुगेको निष्कर्ष निकालेपछि वडा कार्यालयलाई पूर्ण खोप घोषणा गर्न स्वीकृति दिएको हो।

यस अभियानलाई सफल बनाउन वडामा कार्यरत स्वास्थ्यकर्मीहरू सक्रिय रूपमा संलग्न रहेका थिए। खोपको दिगोपन कायम राख्नका लागि आगामी दिनहरूमा पनि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता उनीहरूले जनाएका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.