रोटरी क्लब अफ धनगढी र जोरायल गाउँपालिकाको समन्वयमा निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी — रोटरी क्लब अफ धनगढी र जोरायल गाउँपालिकाको संयुक्त समन्वयमा आयोजित निःशुल्क विशेषज्ञ सेवा सहितको एक दिवसीय स्वास्थ्य शिविर जोरायल गाउँपालिका ३ रावतकट्टेमा शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।

जिल्ला वन डोटी

स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा ४सय४६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा स्थानीय बासिन्दाहरूले प्रसूति, बाल स्वास्थ्य, नाक–कान–घाँटी, हाडजोर्नी, आँखा, दाँत तथा साधारण स्वास्थ्य जाँच लगायत विविध सेवा पाएका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

यस सफल आयोजनामा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालाप्रति जोरायल गाउँपालिकाले हार्दिक धन्यवादसहित आभार व्यक्त गरेको छ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यमा निरन्तर सहयोग र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.