जोरायल–३ पूर्ण खोप वडा घोषणा: दिगोपनतर्फ एक कदम अगाडि

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

डोटी- जोरायल गाउँपालिका–३ मा पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न पक्षहरूको सक्रिय सहभागिता रहेको थियो।

जिल्ला वन डोटी

उक्त कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, लगायतको उल्लेखनीय सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

स्वास्थ्य क्षेत्रमा सक्रिय रूपमा सेवा पुर्‍याउँदै आएका महिला स्वयंसेविका र स्वास्थ्यकर्मीहरूलाई कार्यक्रममै सम्मान गरिनुका साथै बधाई तथा धन्यवाद व्यक्त गरिएको थियो।

स्वस्थ समाज निर्माणको दिशामा महत्वपूर्ण कदमको रूपमा यस कार्यक्रमलाई लिइएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आयोजकले आभार प्रकट गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.