जोरायल गाउँपालिकामा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम’ सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी – जोरायल गाउँपालिका, डोटीले जेठ ३० गते एक विशेष समारोहका बीच ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम’ सम्पन्न गरेको छ। गाउँपालिकाभित्र १५ देखि २३ महिनासम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सम्पूर्ण खोप सेवा प्रदान गरिएको पुष्टि गर्दै औपचारिक रूपमा उक्त घोषणा गरिएको हो।

कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष दुर्गादत्त ओझा रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समितिका सह-संयोजक स्मृति चुनारा सहभागी हुनुहुन्थ्यो। सो अवसरमा पालिका उपाध्यक्ष जमुना बोहरा, जिल्ला स्वास्थ्य कार्यालय डोटीका डिल्ली रमण जोशी र सिकिल्देव दास, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा स्थानीयबासीहरूको सक्रिय उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

कार्यक्रममा पालिका स्वास्थ्य शाखाका प्रमुख गोबिन्द बिष्टले पूर्ण खोप सुनिश्चितता प्राप्त गर्नु गौरवको विषय भए पनि यसको दिगोपना कायम राख्न समुदाय, स्वास्थ्य संस्था र स्थानीय सरकारबीचको सहकार्य झनै आवश्यक रहेकोमा जोड दिनुभयो।

खोप तथा स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। उत्कृष्ट स्वास्थ्य संस्था प्रमुखको रूपमा निरौली स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र चौधरीलाई सम्मान गरिएको थियो। यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरू बसन्ता मल्ल, नन्दबहादुर देउवा, चन्द्र महता, र कविता थापालाई पनि सम्मानित गरिएको थियो। साथै, खोप कार्यक्रमलाई सफल बनाउने योगदानस्वरूप गाउँपालिकाका सबै वडाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

सभाध्यक्ष दुर्गादत्त ओझाले खोप सुनिश्चिततामा योगदान दिने सम्पूर्ण स्वयंसेविका, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यालय, शिक्षक, अभिभावक र समुदायप्रति आभार प्रकट गर्दै आगामी दिनमा दिगोपनाको पक्षमा अझ मजबुत ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.