चौमाला खोलामा बगेका वृद्धको शव फेला

पुन्ना तालिम केन्द्र

कैलाली,– कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का निवासी ६५ वर्षीय नर बहादुर ताम्राकारको चौमाला खोलामा बगेर मृत्यु भएको छ। बुधबार साँझ खोलाले बगाएका ताम्राकारको शव बिहीबार बिहान फेला परेको हो।

जिल्ला वन डोटी

इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायब निरीक्षक योगेन्द्र बलायरका अनुसार ताम्राकारको शव बिहीबार बिहान करिब ७:०० बजे चौमाला–२, धबै नजिकै खोलामा घोप्टो परेको अवस्थामा फेला परेको हो। शव पोष्टमार्टमका लागि धनगढी पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

बुधबार साँझ करिब ५:१५ बजे पुरानो चौमाला बजारबाट घर फर्कने क्रममा ताम्राकार चौमाला खोला पार गर्ने क्रममा बगाएको स्थानीय हेमन्त राज जोशी (बाजे) ले जानकारी दिनुभयो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.