डेङ्गु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — डोटीको राजपुरमा डेङ्गु र अन्य किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला वन डोटी

दिपायल सिलगढी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित सो कार्यक्रम स्वास्थ्य निर्देशनालयको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा डेङ्गु तथा किटजन्य रोग विशेषज्ञ हेमराज जोशीले रोगको पहिचान, लक्षण, जोखिम तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको अध्यक्षता दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर खड्काले गर्नुभयो। कार्यक्रममा सहजीकरण भने सोही शाखामा कार्यरत स्वास्थ्यकर्मी सम्झना प्रसाईले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.