११औं अन्तर्राष्ट्रिय योग दिवस डोटीमा विविध कार्यक्रमसहित मनाइयो

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

गणेश बहादुर मौनी, डोटी, -“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ ११औं अन्तर्राष्ट्रिय योग दिवस डोटीमा शनिबार विविध कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटी र पतञ्जलि योग समिति डोटीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति डोटी, जिल्ला प्रशासन कार्यालय डोटी र दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला वन डोटी

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले गरेका थिए। उनले योग सबै उमेर समूहका व्यक्तिहरूका लागि आवश्यक अभ्यास भएको उल्लेख गर्दै स्थानीय तहहरूले पनि योगलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। सिंहले डोटीमा योगको अभ्यास क्रमशः बढिरहेको हुँदा यसको निरन्तरता र प्रवर्द्धन आवश्यक रहेको बताए।

दिवसको अवसरमा जिल्ला समन्वय समिति डोटीको सभा हलमा आयोजित कार्यक्रममा योग अभ्याससँगै योगको महत्व र प्रभावमाथि छलफल गरिएको थियो। कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीका योग प्रशिक्षक बलदेव जोशीले सहभागीलाइ योग अभ्यास गराएका थिए।

कार्यक्रम पतञ्जलि योग समिति डोटीका अध्यक्ष खेमराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी, पत्रकार, शिक्षक, नागरिक समाजका अगुवा र योग साधकहरूको सक्रिय उपस्थिति रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.