रेशमका बुबा लालवीर चौधरी बने नाउपाका अध्यक्ष

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ । काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

रञ्जिता श्रेष्ठका पतिसमेत रहेका संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई नाउपाले अध्यक्ष बनाएको हो । यसअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ थिइन् । हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका थिए ।

लालवीरले पत्रकारहरूसँग कुरा गर्दै अध्यक्षको जिम्मेवारी पाइसकेपछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउने बताए । उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल अडिओ प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो । विवादमा परेपछि अध्यक्ष रञ्जिताले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष दिएकी थिइन् ।-sunaulonepal

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.