डेङ्गु नियन्त्रणका लागि दिपायलमा लार्भा नष्ट गर्ने अभियान सुरु

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी -दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा डोटी र स्वास्थ्य कार्यालय डोटीको संयुक्त आयोजनामा ‘साउन महिना डेङ्गु सचेतना २०८२’ अभियान सुरु गरिएको छ। शुक्रबार डेङ्गु रोगको महामारी नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने राष्ट्रिय अभियानको सुरुआत दिपायल सिलगढी नगरपालिका–४, पिपल्ला बजारबाट गरिएको हो।

अभियानअन्तर्गत नगरभित्रका विभिन्न स्थानमा पुगेर लामखुट्टेको वृद्धि विकास हुने सम्भावित क्षेत्रहरूमा पानी हटाउने र लार्भा नष्ट गर्ने कार्य गरिएको छ। विशेषगरी ग्यारेजहरूमा जम्मा भएका टायरहरूमा निरीक्षण गरी पानी खन्याएर लार्भा नष्ट गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

नगर प्रमुख विजय खड्काको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, वडाअध्यक्षहरू, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, पत्रकार तथा स्थानीय बासिन्दाको सहभागितामा अभियान सञ्चालन गरिएको हो। प्रमुख खड्काले व्यापारीहरूलाई सचेत गराउँदै भन्नुभयो, “व्यापार गर्नुहोस्, तर स्वास्थ्यमाथि खेलबाड नगर्नुहोस्।”

गत वर्ष पनि प्रमुख खड्काले पसल–पसलमै पुगेर व्यापारीहरूलाई निर्देशन दिएका थिए। तर यस वर्ष पनि उस्तै अवस्था देखिएकाले अब निर्देशन अटेर गरेमा स्थानीय सरकारले कारबाही गर्ने चेतावनीसमेत दिनुभयो। उहाँले यस अभियानले स्वास्थ्यप्रति जनचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले डेङ्गुजस्ता रोग नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै, “हप्तामा एक दिन एक घण्टा समय दिएर लार्भा नष्ट गर्ने बानी बसाल्न सके धेरै समस्या टार्न सकिन्छ,” भन्नुभयो।

घर आँगनमा पानी नजम्न दिन सबैलाई आग्रह गर्दै उहाँले लामखुट्टेको बासस्थान हटाएर सुरक्षित समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.