नेकपा (एमाले) डोटीको पाँचौँ पूर्ण बैठक जोरायलको छहरा झरनामा सम्पन्न

पुन्ना तालिम केन्द्र

प्रेम नेपाली -भदौ ४, डोटी ।
नेकपा (एमाले) जिल्ला कमिटी डोटीको पाँचौँ पूर्ण बैठक जोरायल गाउँपालिका–२ स्थित छतिवन छहरा झरनामा सम्पन्न भएको छ।

सामान्यतया घुम्ती बैठकको रूपमा मानिने एमाले जिल्ला कमिटी डोटीको पूर्ण बैठक यसपटक रमणीय एवम् धार्मिक महत्व बोकेको छतिवन छहरा झरनामा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला कमिटीका सचिव पदमराज भट्टले जानकारी दिनुभयो।

जिल्ला वन डोटी

बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म सञ्चालन हुने विधान महाधिवेशनका लागि तयार गरिएको विधान मसौदामाथि व्यापक छलफल गरिएको सचिव भट्टले बताउनुभयो।

त्यसैगरी, बैठकले कृष्णदत्त भट्टको संयोजकत्वमा जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ भने धर्म रोकायाको संयोजकत्वमा सल्लाहकार परिषद् गठन गरेको छ। साथै, जिल्लाको लेखा कमिटीलाई पनि पूर्णता दिइएको छ।

बैठकमा नेकपा (एमाले) का केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जोशी, केन्द्रीय लेखा आयोगका ईश्वरी प्रसाद खरेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य निर्मला भट्ट, प्रदेश कमिटी उपसचिव नर बहादुर बिक लगायत प्रदेश कमिटीका अन्य सदस्यहरू, जिल्लाका नौ वटै पालिकाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकको सम्पूर्ण व्यवस्थापन नेकपा (एमाले) जोरायल गाउँपालिका कमिटीले गरेको थियो। बैठकमा छहरा क्षेत्रको पर्यटन सम्भावनालाई समेत जोड दिँदै यसको प्रचारप्रसारमा टेवा पुगेको पाटिले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.