प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फिर्ता

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्। उनी काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

जिल्ला वन डोटी

प्रधानमन्त्री ओली गत शनिबार शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन पुगेका थिए। पाँचदिने भ्रमणका क्रममा उनले विभिन्न उच्चस्तरीय बैठक तथा औपचारिक कार्यक्रममा सहभागिता जनाएका थिए।

उक्त भ्रमणमा प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी तथा प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरूको टोली सहभागी थियो।

बुधबार स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई औपचारिक बिदाइ गरिएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.