जनस्वास्थ्य सेवामा अझ संवेदनशील बन्नुपर्नेमा उपाध्यक्ष ओलीको जोड

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । सायल गाउँपालिकामा बुधबार सम्पन्न दुई दिने स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रममा उपाध्यक्ष निर्मला ओलीले जनस्वास्थ्य सेवा जटिल प्रकृतिको भएकाले स्वास्थ्यकर्मीहरूले अझ बढी संवेदनशीलताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।

जिल्ला वन डोटी

आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, ओपीडी, गाउँघर क्लिनिक, आकस्मिक सेवा लगायतका कार्यक्रमहरूबारे १९ वटा प्रमुख डाटा प्रस्तुत गरिएको उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धर्मसिं बमले वडा नं. १ देखि ६ सम्मका आमा समूहमा पुगेर सर्ने र नसर्ने रोग पहिचान गरिएका गतिविधिहरूको जानकारी दिनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोख्रेलले स्वास्थ्यकर्मीहरूले गरेका असल अभ्यासको प्रशंसा गर्दै देखिएका कमीकमजोरी क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष ओलीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण वडा नं. ३ का स्वास्थ्य इन्चार्ज रघु सुनारले गर्नुभएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.