डोटीमै स्वास्थ्य निर्देशनालय सञ्चालन गर्न व्यवसायीहरूको माग

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । डोटी जिल्लाका व्यवसायीहरूले स्वास्थ्य निर्देशनालय राजपुर, डोटीमै रही सेवा प्रवाह गर्नुपर्ने माग गरेका छन्।

सो मागबारे जानकारी गराउन डोटी उद्योग वाणिज्य संघको टोलीले सोमबार स्वास्थ्य निर्देशक डा. खगेन्द्र बमसँग भेटघाट गरेको हो। संघका कोषाध्यक्ष आइ. जङ्ग कुँवरका अनुसार टोलीले निर्देशनालयलाई डोटीमै संचालन गर्नुपर्ने र कर्मचारीहरूलाई स्थायी रूपमा डोटीमै सेवा दिन आग्रह गरेको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

भेटघाटका क्रममा स्वास्थ्य निर्देशक डा. बमले निर्देशनालयको सम्पर्क कार्यालय धनगढीमा नरहेको र यस कार्यालयमार्फत सुदूरपश्चिमका सम्पूर्ण जिल्लामा स्वास्थ्य कार्यक्रमहरू संचालन भइरहेको जानकारी दिए। साथै, उनले निर्देशनालयबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता पनि व्यक्त गरे।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारको संरचना अस्थिर बनेको अवस्थामा दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने आवाज स्थानीयवासीबीच चर्किंदै गएको छ। उनीहरूले दिपायल राजधानी कायम भए स्वास्थ्यलगायतका सेवा सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा पनि पछिल्लो समय दिपायललाई राजधानी बनाउनुपर्ने माग तीव्र रूपमा उठिरहेको छ। यद्यपि, विगतका निर्वाचनमा राजधानी दिपायल बनाउने चर्चा चुलिए पनि ठोस परिणाम भने देखिन सकेको छैन।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.