चट्याङबाट डोटीमा एक युवतीको मृत्यु

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

हिजो शनिबार राती करिब साढे सात बजे घरमा परेको चट्याङ बाट एकजना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका ६ गुनड बस्ने बर्ष २० को दुर्गा साउँद रहेको परिवारले जनाएको छ ।

मृतक साउँद हिजो मात्रै धनगढीबाट घरमा आएकि थिइन । घर पुग्ने बित्तिकै पानी परेकोले उनी घरभित्र जाने क्रममा ढोकामै परेको चट्याङले गम्भीर घाइते भएको स्थानीय चित्रराज भट्टले जनाए । उनका अनुसार घाइते साउँदलाइ राती नै उपचारका लागि धनगढी लगिएको थियो । धनगढी लैजाने क्रममै उनको बाटोमै मृत्यु भएको परिवार स्रोतले जनएको छ ।उनलाई अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.