सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री सोडारी सचिवमा पराजित

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन्।

उनले ५३ मत मात्रै पाएका हुन्। उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत हुन्। दलको नेता भन्दा बढी मत दलका सदस्य नरेश शाहीले पाएका छन्। उनी पनि नेकपा एसको खुल्ला पदका उम्मेदवार बनेका थिए। दलको नेताले ५३ मत पाएर पराजित हुँदा शाहीले उनको भन्दा १३ मत बढी पाएर पराजित भएका थिए।

सोडारी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने शाही बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन्।- दिनेश खबर

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.