राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्।

जिल्ला वन डोटी

रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जनाएका हुन्। उनलाई बिहीबार पदमुक्त गरिएको हो। बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले बताए।

पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई  असफल बनाउने विविध क्रियाकलापहरू गर्नुभएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम मिति २०८१/५/१३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको जारी विज्ञप्तिमा लेखिएको छ। कारबाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो। महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.