यात्रा स्मरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

✍️मिला देवि राइ गुरुङ , भोजपुर (नेपाल यात्री)

जिल्ला वन डोटी

मैले पनि नेपालका ७५ जिल्ला एक्लै भ्रमण गरेकी छु । सुनेको नेपाल र देखेको नेपालमा धेरै फरक रहेछ । सबै जिल्ला आ आफ्नै विशेषताका कारण राम्रा रहेछन् । तर, कर्णाली अञ्चललाई मैले दोश्रो नेपालको रुपमा लिएकी छु ।

पोषण खाजा सम्बन्धि सन्देश

यात्रामा धेरै प्रकारका चुनौतीहरु आइपरे । म त झन् एक्ली महिला धेरै किसिमका तनावहरु पनि व्यहोर्नु परेको थियो । धेरै ठाउँमा मलाई मान्छेले केटी मान्छे एक्लै नहिड्दा राम्रो हुन्छ भनेर सुझाव दिन्थे । कतिपय ठाउँमा केटा मान्छेहरुसँग कुरा गरेको सुनेर बसेका होटलवालाहरुले पनि कराउँथे । केटी मान्छे एक्लै हिंड्छे के हो के हो ? भन्नेहरु पनि प्रशस्तै थिए । तर, मैले कुनै कुराको वास्ता गरिन । महिलाहरु नै महिलाको बारेमा बढी कुरा काट्छन् । बरु महिलाहरुको तुलनामा पुरुषहरुको मन मैले खुल्ला पाएँ ।यात्रामा मैले धेरै आत्मिय र सहयोगी मान्छेहरु पनि पाएँ । उनीहरुको निश्चल प्रेम मैले कहिल्यै भुल्ने छैन ।

जे हुन्छ राम्रैका लागि हुन्छ भनेझैं आफ्नो मानसिकता बलियो भयो भने कसैले केही गर्न नसक्ने रहेछ । सुदूर पश्चिमको खप्तड लेक घुम्न जाँदा म आफैं भित्र हराएको आभाष भएको थियो । आनन्दै आनन्द भित्रैबाट आउँथ्यो । जुन कुराको मलाई वर्णन गर्न नै आउँदैन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.