डिभिजन सडक जनचेतनामूलक सन्देश

सुदूरपश्चिममा मासुको उत्पादन ७ दशमलव २९ प्रतिशतले वृद्धि

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

धनगढीः सुदूरपश्चिममा मासुको उत्पादन ७ दशमलव २९ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा मासुको उत्पादन ७ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सबैभन्दा बढी कैलालीमा २० हजार ४९३ र सबैभन्दा कम डडेल्धुरामा ७ सय ८५ मेट्रिकटन मासु उत्पादन भएको छ।

 

 

दार्चुलामा ११ सय ६३, बैतडीमा १५ सय ३७ र कञ्चनपुरमा चार हजार ५ सय ५७ मेट्रिकटन मासु उत्पादन भएको जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र एवं पशुपंछी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकले देखाएको छ। यसैगरी बझाङमा तीन हजार २२, बाजुरामा १६ सय ७०, डोटीमा १४ सय ७५ र अछाममा २ हजार ५७२ मेट्रिकटन मासु उत्पादन भएको छ।

 

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

प्रदेशका नौवटै जिल्लामा गरी गत आर्थिक वर्ष ३७ हजार २७५ मेट्रिकटन मासु उत्पादन भएको तथ्यांक छ। मासुजन्य उत्पादन ७ दशमलव २९ प्रतिशतले बढेको छ भने अघिल्लो वर्षको सोही अवधिमा मासु उत्पादन ४ दशमलव शून्य ९ प्रतिशतले बढेको थियो।

 

मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ८ दशमलव ८१ प्रतिशत, खसी/बोका/भेडाको मासु उत्पादन ९ दशमलव १९ प्रतिशत, सुंगुर/बंगुरको मासु उत्पादन ३ दशमलव ७७ प्रतिशत, भैंसी/राँगोको मासु उत्पादन ५ दशमलव १४ प्रतिशतले बढेको छ। यसैगरी माछाको उत्पादन ३ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ।

 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा माछा उत्पादन ३ दशमलव ६२ प्रतिशतले वृद्धि भएको थियो। मासु उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ५४ दशमलव ९८ प्रतिशत र डडेलधुरा जिल्लाको सबैभन्दा कम २ दशमलव ११ प्रतिशत रहेको छ।

 

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका अनुसार गत आर्थिक वर्ष मात्रै जिल्लाका खरिद बिक्री केन्द्रबाट ८ अर्ब ७६ करोड रुपैयाँको खशी, बोका, भैंसी र दूध तथा दुग्धजन्य पदार्थ प्रदेशबाहिर पठाइएको छ। कैलालीबाट दैनिक चार ट्रक राँगा, भैंसी, चार ट्रक खशी बोका निर्यात हुने गरेको छ। एक ट्रकमा २० गेटा राँगा, भैंसी तथा १५० गोटा खशी बोका राखेर काठमाडौं, पोखरा लगायतका सहरमा पठाइने गरेको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.