सुदूरपश्चिममा दुधको उत्पादन ८ दशमलव ५२ प्रतिशतले वृद्धि

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

धनगढीः सुदूरपश्चिममा दुधको उत्पादन बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा दुधको उत्पादनमा ८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५ दशमलव २३ प्रतिशतले उत्पादनमा वृद्धि भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा भने ८ दशमलव ५२ प्रतिशतले वृद्धि भएर एक लाख ६८ हजार ९४१ लिटर दुध उत्पादन भएको छ। दुध उत्पादनमा कैलाली जिल्ला अग्रस्थानमा देखिएको छ।

कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ५७ दशमलव ७३ र बझाङ जिल्लाको सबैभन्दा कम १ दशमलव ४७ प्रतिशत रहेको जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र एवं पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांक छ। दार्चुलामा ८ हजार ७ सय ६, बैतडीमा ८ हजार ८ सय ५, डडेल्धुरामा ४ हजार २ सय ३२ र कञ्चनपुरमा ११ हजार ९८९ लिटर दुध उत्पादन भएको छ।

त्यस्तै बझाङमा २ हजार ४८५, बाजुरामा १० हजार ७७५, डोटीमा १२ हजार ९९४, अछाममा ११ हजार ४२३ र कैलालीमा ९७ हजार ५३२ लिटर दुध उत्पादन भएको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध सुदूरपश्चिममा अपुग छ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ मानव जीवनका लागि प्रत्येक व्यक्तिलाई प्रत्येक वर्ष ९१ लिटर दूध आवश्यक हुन्छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलब ७२ लिटर दूध मात्र आपुर्ति भइरहेको छ

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.